रामबहादुर बम्जनलाई बाल यौन दुरुपयोगमा १० वर्ष कैद र ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला

सर्लाही — बाल यौन दुरुपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरिएको छ। जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले सोमबार बम्जनविरुद्ध यस्तो फैसला गरेको हो, अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए।

 

यसअघि गत असार १० गते भण्डारीकै इजलासले तपस्वी बम्जनलाई कसुरदार ठहर गरेको थियो। आजको इजलासले पूर्ण फैसला गरेको हो। अभियुक्त बम्जनविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले १२ देखि १४ वर्षसम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागसहित अभियोग पत्र दायर गरेको थियो।

 

सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि बम्जन हाल महोत्तरी कारागार जलेश्वरमा छन्।

 

सर्लाही जिल्ला अदालतले २०७७ साल असार २१ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा बम्जनलाई काठमाडौँको बुढानिलकण्ठबाट गत पुस २४ गते मंगलबार साँझ सीआईबीको टोलीले पक्राउ गरेको थियो। २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा बम्जनविरुद्ध जाहेरी परेको थियो।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय