काठमाण्डौ । मंगलबार र बुधबार बजार मापक सूचक नेप्सेमा रौनक आएको छ । मंगलबार अर्धसतक भन्दा धेरैले बढेर बन्द भएको बजार बुधबार पनि सोहि लयमा रहेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । यो समाचार तयार पार्दा सम्म नेप्से ६१ अंकले बढेर कारोबार भइरहेको छ भने कारोबार रकम समेत २ अर्व पुग्न लागेको छ । शेयर बजारलाई प्रभाव पार्ने गरि केहि सुखद समाचारहरु बाहिरिएपछि बजारमा रौनक बढेको छ ।
जानकारहरुका अनुसार अब बजारले लय समाउने अनुमान छ ।