काठमाण्डौ । यहि फागुन १३ गतेदेखि प्राथमिक शेयर निष्कासन गरेको सर्वोत्तम सिमेन्टको शेयरमा आवेदन दिने बुधबार अन्तिम दिन । बुधबार बेलुकी ५ बजे सम्ममा कम्पनीको शेयरमा १० लाख १२ हजार ३८४ जनाले आवेदन दिएका छन । कम्पनीका अनुसार कम्पनीको आईपीओमा १९।३ गुणा बढी आवेदन परेको हो ।
कम्पनीले कुल २७ लाख ७६ हजार ७६ कित्ताका लागि मात्रै आवेदन खुलाएको थियो । तर आवेदकले कुल ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता माग गरेका छन् । कुल १९ अर्ब ३५ करोड रुपैयाँको आवेदन परेको हो ।
बुक बिल्डिङ विधिअनुसार मूल्य तय भई प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीले सर्वसाधारणलाई आईपीओ खुलाएको थियो । बुक बिल्डिङबाट खुलेको यस आईपीओमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था छ ।
कम्पनीले कुल २७ लाख ७६ हजार ७६ कित्ता मात्रै बाँडफाँट गर्नेछ । न्यूनतम ५० कित्ताका दरले सेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था छ । जसअनुसार ५५ हजार ५२१ हाराहारीले मात्रै आईपीओ पाउने छन् । बाँकी सबैको हात्त रित्तो हुनेछ ।