नेप्सेमा हरियाली,सतक भन्दा धेरैले नेप्से बढ्दा कारोबार रकम ६ अर्वमाथि

काठमाण्डौ -साताको चौथो दिन नेप्से परिसुचक करिव १०५ अंकले बृद्धि हुँदै बजार बन्द भएको छ ।  योसँगै समग्र बजार २८१७ विन्दुमा पुगेको छ । आज दिनै भरि कारोबार भएका २१७ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा अधिकांस कम्पनीहरुको शेयर खरिद मूल्य बृद्धि भएको छ । त्यस्तै आज एक दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मूल्य सर्किट लागेर कारोबार भएको छ भने बाँकी एक दर्जन कम्पनीहरुको शेयर मूल्य सर्किट लेवलमा कारोबार भएको छ । नेप्से बढे पनि कारोबार रकम भने तुलनात्मक रुपमा केहि घटेको देखिएको छ । आज ६ अर्व माथिको शेयर खरिद विक्री भएको छ । 

आज अरुण भ्याली जलविद्युत कम्पनीको शेयर सबै भन्दा कारोबार भएको छ । आज ७२ हजार भन्दा धेरै पटक शेयर खरिद विक्री भएको छ । आज विमा समूहको उपसूचक सबै भन्दा धेरै बृद्धि भएको छ भने विकास बैकको शेयर मूल्य सबै भन्दा धेरै बृद्धि भएको छ । 

प्रतिक्रिया