आजदेखि नयाँ आइपिओ निष्कासन, कसले कहाँबाट दिन मिल्छ आवेदन

काठमाडौं - सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले आज असार २ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुकालागि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीको प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ३ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र बाग्लुङ जिल्ला ताराखोला गाँउपालिका र गल्कोट नगरपालिका जिल्लाका स्थानिय बासिन्दाहरुको लागि निष्कासन गर्न लागेको हो ।

साथै आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि छुट्याइएको सेयर सम्पूर्ण विक्री नभएमा विक्री नभए बराबरको सेयर समेत समायोजन गरी सर्वसाधारण (सामुहिक लगानी कोष तथा कर्मचारीमा समेत) मा निष्काशन गरिने छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय