सोमबार प्रि ओपन सेसनमा नेप्से १ अंक बड्यो

काठमाडौंँ - साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार १४.६४ अंक घटेर २०४८.१६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.१४ अंक बढेर २०४९.३१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.५८ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ८ स्टकको ३ लाख २०६ रुपैयाँ बराबरको ३९० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया