काठमाण्डौ । नेपालमा पछिल्लो समय सवारी दुर्घटना निकै बढिरहेको छ । पुराना सवारी साधन,मर्मत नगरिएका बाटाको कारणले सवारी दुर्घटना बढिरहेको देखाउछ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–२, मा भएको बस दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका( १, घिमानेका बुदुराम खड्कालाई उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा सल्यानको सल्लीबजारमा मृ’त्यु भएको प्रहरीले जनाएको छ
प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामध्ये पाँच जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएकोमा खड्काको बाटोमै मृत्यु भएको हो । मुसीकोट २ को बरेली बजार नजिकै सोमबार साँझ भएको जन्ती बस दु’र्घटनामा घाइते भएकामध्ये २१ जनाको जिल्ला अस्पताल रुकुम पश्चिम लगिएको थियो ।
प्रहरीका अनुसार १५ जना डिस्चार्ज भइसकेको र चार जनालाई नेपालगन्ज पठाइएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–२, को पिपलबाट जन्ती लिएर मुसिकोट–१ को घिमानेतर्फ फर्किरहेको ग १ ख २१०९ नम्बरको बस दु’र्घटना भएको थियो । घा’इते भएर नेपालगन्ज पठाइएकामा मुसिकोट नगरपालिका–१ का वडाध्यक्ष वीरबल केसी पनि छन् ।