चितवनबाट घुमफिर वर्षको सुभारम्भ

कमल ढकाल / सौराहा । संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेश सरकारले २०७९/८० लाइ उकास्न घुमफिर वर्षको रुपमा नेपाल कै तेस्रो पर्यटकीय नगरी सौराहामा औपचारिक कार्यक्रमको गर्दै आयोजना उद्घाटन तथा घोषणा गरिएको हो ।

घोषणा सभामा प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले घुमफिर वर्षको २०७९/८० लाइ औपचारिक रुपमा घोषणा गर्दै उद्घाटन गर्नु भयो। मुख्यमन्त्री पाण्डेले पर्यटनमार्फत प्रदेशको आर्थिक विकास गर्ने योजनाका साथ घुमफिर वर्ष घोषणा गरिएको बताए । ‘कोरोनाले शिथिल बनेको प्रदेशको पर्यटनलाई पुनर्जीवन दिन घुमफिर वर्ष घोषणा गरेका हो । उनले भने : यो प्रदेश सरकारको गौरवको योजना हो ।’

 संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेल र प्रदेश मन्त्रालयका सचिव, चितवनका पालिकाका मेयर तथा पर्यटन व्यवसायीहरुको बाक्लो सहभागिता रहेको थियो ।

घुमफिर वर्ष अवधिभर राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्ने,पुराना पर्यटकीय गन्तव्यमा सेवा थप तथा गुणस्तरीय बनाउने र अहिलेसम्म पर्यटन नपुगेका नयाँ पर्यटकीय गन्तव्यमा पर्यटक पु¥याउने योजनाका साथ घुमफिर वर्ष घोषणा गरिएको संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव मदन कोइरालाले बताए ।

रत्ननगरका मेयर प्रल्हाद सापकोटाले घुमफिर वर्ष चितवनको पर्यटन विकासमा कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे । संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो । उद्घाटन हुनुपूर्व सौराहामा बिभिन्न जात जातिको भेस भुसा सहिर झाकि प्रदर्सन गर्दै सौराहा को गैडा चोकमा कार्यक्रम भयको थियो ।

प्रतिक्रिया