भोलि उपत्यका बन्दको घोषणा

काठमाडौं - मंगलबार उपत्यका बन्दको घोषणा गरिएको छ । यातायात मजदुरले सोमबार काठमाडौँ उपत्यका बन्द गर्ने भएका छन् । नयाँ बसपार्कस्थित लोत्से मलका कर्मचारीले यातायात मजदुरमाथि आक्रमण गरेको विरोधमा बन्दको घोषणा गरिएको हो । 

उनीहरूले आज मजदुर माथि कुटपिट भएको आरोप लगाएका छन् । यातायात क्षेत्रको सुधारको लागि यातायात मन्त्रालयमा १५ दिनको अल्टिमेटम दिएर १० बुँदे माग बुझाएको र भोली १५ दिन पुग्ने भएकाले पर्सीबाट के कसरी आन्दोलन अघि बढाउने भन्ने विषयमा मजदूरहरुबीच छलफलका लागि कार्यक्रम राखिएकोमा लोत्से मलका कर्मचारीले यातायात मजदुरमाथि आक्रमण गरेपछि भोली काठमाडौँ उपत्यका बन्दको घोषणा गरिएको उनको भनाई छ । 

 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय