दसैँको मुखैमा बस दुर्घटना,३१ को मृत्यु

काठमाडौं - मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा ३१ जनाको मत्यु भएको छ । १८ जना घाइते भएका छन्।


नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो ।


प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार अहिले प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगेका छन् । घटनाबारे पूर्ण विवरण आइसकेको छैन ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय