चितवनमा जारी निमा स्‍मृति फुटबल प्रतियोगितामा हाइलाइट युथ क्लव क्वाटर फाइनलमा प्रवेश

 कमल राज ढकाल / चितवन - चितवनको कालिका नगरपालिकामा जारी निमा स्‍मृति खुला नकआउट फुटबल खेलमा हाइलाइट युथ क्लव क्वाटर फाइनलमा प्रवेश गरेको छ । 

आजको खेल अनेरास्ववियू कालिकाका अध्यक्ष सिद्धान्त मगरको अध्यक्षतामा भएको थियो । सो कार्यक्रम कालिका नगर योङ कम्युनिस्ट लिग वाइ सि एलका अध्यक्ष ईश्वर भट्टराई प्रमुख अतिथी हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा प्रेस सेन्टर चितवनका जिल्ला सदस्य कमल राज ढकाल साथै मोनिका सिलवालको उपस्थिति थियो । 

आज सम्पन्न भएको खेलमा हाइलाइट युथ क्लवले टाई ब्रेकरमा र ग्यरापुर वारियर क्लबलाइ पारजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । 

माघ १९ गतेसम्म चल्ने प्रतियोगितामा चितवन र छिमेकी जिल्लाबाट १५ टोली सहभागी छन् ।प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने अनेरास्ववियू कालिकाका अध्यक्ष सिद्धान्त मगरले जानकारी गराउनु भयो । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको मगरले बताए । प्रतियोगिता सम्पन्न गर्न चार लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय