पहिरोले पुरिएर दम्पतीको ज्यान गयो

गोरखा / गोरखामा पहिरोले पुरिएर दम्पतीको ज्यान गएको छ ।

सिरानचोक गाउँपालिका–७ उपल्लो गोहोरेमा पहिरोले पुरिएर ८० वर्षका रमन पाण्डे र ७० वर्षकी नन्दकुमारी पाण्डेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले जानकारी दिनुभयो ।

 

बिहान साढे ६ बजेतिर घरमाथिबाट खसेको पहिरोले एक तले कच्ची घर पुरिँदा घरमै रहेका पाण्डे दम्पतीको ज्यान गएको हो ।

उनीहरुको शव झिकिएको पनि डीएसपी दाहालले जानकारी दिए ।

प्रतिक्रिया