कोरोना नयाँ भेरियन्ट फैलिन थालेपछि रात्रिकालीन कर्फियु

काठमाडौं - भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरस संक्रमणमा निरन्तर वृद्धि हुन थालेको छ । संक्रमण खतरा थप बढ्ने अवस्था आएपछि राज्य सरकारले सोमबारबाट पुनः रात्रिकालीन निषेधाज्ञा (कर्फ्यु) लगाउने निर्णय गरेको छ । 

ओमिक्रोन भेरियन्टका संक्रमित वृद्धि भएपछि सरकारले यो घोषणा गरेको हो । अब सोमबारदेखि नै लागू हुने गरी राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाइनेछ । पछिल्लो २४ घण्टामा दिल्लीका २९० थप व्यक्ति संक्रमित भएको पुष्टि भएको छ ।

उक्त संख्या पछिल्लो ६ महिनायताकै सर्वाधिक भएको जानकारी दिइएको छ । पछिल्लो २४ घण्टामा दिल्लीमा १ जनाको ज्यान गएको छ । यहाँ सक्रिय संक्रमित संख्या १ हजार १०० भन्दा बढी रहेको छ । भारतमा पछिल्लो २४ घण्टामा करिब ७ हजार नयाँ संक्रमणका घटना देखिएको संघीय सरकारद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख छ । हालसम्म भारतमा ४०० भन्दा बढी व्यक्तिमा ओमिक्रोन भेरिअन्ट संक्रमण पुष्टि भएको छ । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय