काठमाडौं - दोर्सो लहरकै कोरोना संक्रमणले समेत भारतलाई आजित पार्ने देखिएको छ ।
दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरियन्ट समुदायस्तरमै पुगेको बताएका छन् ।
स्वास्थ्य वैज्ञानिकहरुका अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको उनले बताए । यहाँ पछिल्ला समयमा फैलिएको कोरोनाका ४० प्रतिशतभन्दा बढी संक्रमितहरु ओमिक्रोनकै रहेका छन् ।
बाहिरबाट आएका मानिस र यहीँ रहेकाहरुमा समेत भाइरस देखिएको छ । त्यसैले यो भेरियन्ट समुदायसम्म नै पुगेको छ, उनले भने । बाहिर कतै पनि नगएका नागरिकमा समेत यस्तो संक्रमण पाइएको छ ।
भारतमा ओमिक्रोन संक्रमण भित्रिएको धेरै भएको छैन, तर पछिल्लो समय यहाँका नागरिकमा निकै तीब्र गतिमा यो फैलिएको छ, उनले भने ।
रासस–सिन्ह्वा