काठमाडौं - केही दिन घटेको कोरोना संक्रमण फेरि बढ्न थालेको छ । नेपालमा पछिल्लो केही दिन संक्रमितको संख्यामा निकै कमी आएको थियो ।
पछिल्लो २४ घण्टामा देशभर ५०२६ जनामा कोरोनाभाइरस परीक्षण गर्दा ३९० जनामा संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा ४२५ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर पीसीआर विधिबाट भएको परीक्षणमा कोरोना संक्रमितको कुल संख्या ८ लाख १४ हजार ९२९ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ८३६ जनामा पुष्टि भएको छ ।
यस्तै हालसम्म संक्रमण निको हुनेको कुल संख्या ७ लाख ९५ हजार ८२२ जना पुगेको छ । यसैबीच पछिल्लो २५ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ४५३ पुगेको छ ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७ हजार ६५४ जना रहेका छन् ।