काठमाण्डौ । विगत केही महिनादेखि शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । यो समाचार तयार पार्ने समयमा नेप्से २ हजार भन्दा तलको विन्दुमा आइपुगेको छ । ३२ विन्दुमा रहेको शेयर बजार एक वर्षको अवधिमा नहुँदै १२ सयको विन्दुले घटेको छ ।
शेयर बजार निरन्तर ओरालो लागेसँगै लगानीकर्ताहरू आत्तिने र बजारबाट पलाएन हुने अवस्था आइरहेको छ । यसैबीच शेयर बजारमा लामो अनुभव भएका लगानीकर्ता नवराज दाहालले भने अहिलेको शेयर बजारको अवस्थालाई पिलोको संज्ञा दिनु भएको छ । आफ्नो सामाजिक सञ्जाल मार्फत शेयर बजारको अवस्था पिलो निचोरेर केही पिप फालिसकेपछि अब आँखो निकाल्न बाँकी भए जस्तो रहेको बताउनु भयो ।
अहिले पुँजी बजारको अवस्था पिलो आएर पिलो पाकेर निचोरेर केही केही पिप पनि फालिसकेको र अब आँखो निकालेर फाल्न बाँकी भएको अवस्था छ । यो आँखो निकालेर फाल्दा पहिला भन्दा बढी दुख्छ पीडा अलि बढी नै सहनु पर्छ । उहाँको भनाई छ ।
उहाँले थप्नु हुन्छ " जब आखो निकालेर फालिन्छ नि .. त्यो बेलामा संसार जितेजस्तो आनन्द महसुस हुन्छ .. त्यसैले केही समय दुख कस्ट सहने हिम्मत राख्नुस .. नेप्सेको यो घटाइ पहिलो पटक घटेको हैन ..ईतिहास हेर्नुस .. यो भन्दा बढी दुख कस्ट सहेको ईतिहास पाउनुहुने छ .. जब आसालाइ जिबित राखिन्छ नि तब निरास हुनुपर्दैन ..."