नबिल बैंकले घोषणा गर्‍यो १५.८० प्रतिशत लाभांश

नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश रहेको छ। यस्तै, बैंकले अग्राधिकार शेयरधनीका लागि ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई वितरण गरिनेछ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय