शेयर बजार २२ सयमा आउँदानी सरकारले केही गरेन - नविना लामा

काठमाडौ - पछिल्लो समय शेयर बजारको चर्चा चिया पसलदेखि संसद भवन सम्म हुने गरेको छ । यसैबीच यसको चर्चा आज पनि संसदमा चलेको छ । 

नेकपा एमालेकी सांसद नबिना लामाले सेयर बजार घटेको सरकारले नदेखेको बताएकी हुन् ।एमालेको सरकारको पालामा ३२ सय अंकमा रहेको सेयर बजार २२ सय अंकमा झर्दापनि अहिलेको सरकारले नदेखेको उनले बताइन् ।

नीति तथा कार्यक्रमको छलफलमा संसद् लामाले सेयर बजारका लागि नीति तथा कार्यक्रम केही योजना नआएको बताएकी हुन् ।लामाले भनिन्- अर्थमन्त्रीको रूपमा विष्णु पौडेल रहेको बेला सेयर बजार ३२ सय अंकमा थियो । तर यो सरकार बनेपछि २२ सय अंकमा झरेको छ । तर पनि नीति तथा कार्यक्रममा सेयर बजारको विषयमा केही योजना आएन ।

प्रतिक्रिया