कुलेखानी ड्यामबाट खोलिएको पानीले सिस्नेरीमा ३० घर बगायो, २८ घर डुबानमा

सांकेतिक तस्बिर

हेटौंडा: लगातारको वर्षाका कारण कुलेखानी ड्यामको जलस्तर बढेपछि खोलिएको ड्यामको पानीले सिस्नेरी खोलामा बाढी आएको छ। बाढीले इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ।

सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज, प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालयको भवनसहित अन्य घरहरू पनि बगाएको जानकारी दिए।

यस्तै, इन्द्रसरोवर गाउँपालिका–२, खानीखेत क्षेत्रमा बाढीले २८ घर डुबानमा परेका छन्। यद्यपि, प्रहरीका अनुसार बाढीबाट कुनै मानविय क्षति भने भएकोछैन।

प्रतिक्रिया