हिमालयन हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुल्ला, कति कित्ता दिने आवेदन ?

काठमाडौं । हिमालयन हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले असार १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा २ लाख ८१ हजार ७५० कित्ता मात्र बाँडफाँट भएकोले बाँकी ६ लाख १८ हजार २५० कित्ता सहित गरी कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

कुल सेयरमध्ये ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि, ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोष र १८ लाख ३० हजार ४७२ कित्ता सर्वसाधारणका लागि छुट्याएको छ ।

उक्त आईपीओमा छिटोमा असार १९ गते र माग बमोजिम आवेदन नपरेको खण्डमा असार २९ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

L

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

यो कम्पनीमा पनि अत्यधिक आवेदन पर्ने निश्चित छ त्यसैले केबल १० कित्ता मात्र आवेदन दिए पुग्ने देखिन्छ । 

प्रतिक्रिया