साल्ट ट्रेडिङको कृषि सामग्री आपूर्ति र अनुदान संयन्त्र बारे तीन दिने संगोष्ठीको शुभारम्भ

काठमाडौं - साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको आयोजना तथा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्राविधिक सहयोगमा नेपालको प्रमुख कृषि सामग्री आपूर्ति र अनुदान संयन्त्रको राष्ट्रिय सारांश बिषयक संगोष्ठी कार्यक्रम बुधबार देखी राजधानीमा शुरु भएको छ ।

तीन दिनसम्म जारी रहने सो कार्यक्रमको उद्घघाटन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले गर्नुभएको थियो । सो अवसरमा उदघाटन सत्र माझ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सचिव शर्माले संगोष्ठीले समग्र नेपालको कृषि क्षेत्रलाई प्रबर्धन गर्न कोशेढुङा बन्ने विश्वास व्यक्त गर्नुहुँदै उत्पादनशिल कृषि क्षेत्रको विकासबाट नै देशले समृद्धी हासिल गर्न सक्ने बताउनु भएको थियो ।

त्यसैगरि कार्यक्रम माझ स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कार्यक्रम बारे प्रकाश पार्नुहुँदै कर्पोरेशनले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको परिप्रेक्ष्यमा संगोष्ठी कार्यक्रमले देशको कृषि क्षेत्रको उत्थानमा उल्लेख्य भूमिका खेल्ने दाबी गर्नु भएको थियो । सो अवसरमा उहाँले कृषि सामाग्री आपुर्ती र अनुदान संयन्त्रको नीतिगत एवम् व्यवस्थापनगत प्रबन्धलाई अझ सहज र सरल तुल्याउनेमा कार्यक्रम फलदायी हुनेमा आफूहरु आशावादी रहेको उल्लेख गर्नुभएको थियो ।

त्यसैगरि, साभापतिको आसनबाट बोल्नुहुँदै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका संचालक समिति अध्यक्ष कल्याण गोविन्द श्रेष्ठले साल्टले उत्पादनशिल कृषि क्षेत्रमा विगत लामो समय देखी लगानी गर्दै आएको जनाउनु हुँदै लगानी विस्तारको नीति लिएको समेत् जानकारी दिनु भएको थियो । त्यसैगरि उहाँले नेपाल र भारत दुवैको प्रयासमा नेपालको उत्पादकत्व बढाउन सकिने विश्वास व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममाझ कृषि तथा पशुपंक्षी विकास मन्त्रालयकी निरु दाहाल पाण्डेलेले उत्पादकत्व बढाउन रसायनको प्रयोग बारे कृषकहरुमा सचेतना अभिब्रिद्धी गर्न जरुरी रहेको उल्लेख गर्नु भएको थियो ।

कार्यक्रममा इण्डियन पोटास लिमिटेडका महाप्रबन्धक निरज शर्माले लिमिटेडले उच्च प्रविधि प्रयोग गरि गुणस्तरिय मल उत्पादन गर्दै आएको जानकारी दिदै नेपालको माग बमोजिम पर्याप्त मलको आपुर्ति हुन सक्ने अवस्था बारे प्रकाश पारेका थिए । संगोष्ठीको पहिलो दिन नेपाली एवम् भारतिय कृषि वैज्ञानिक र विज्ञहरुले विभिन्न शिर्षकमा प्रस्तुती दिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय