काडमाण्डौ । बागमती प्रदेश दुग्ध विकास वोर्डको बैठकले प्रति लिटर दुधको मूल्य दश रुपैयाँ बढाउन केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
हिजो बसेको दुग्ध विकास बोर्डको बैठकबाट सो निर्णय भएको हो । बैठकमा दुध उत्पादनको लागत मुल्य बढीरहेको र लामो समयसम्म पनि उत्पादित दुधको मुल्य परिमार्जन नभएको सन्दर्भमा मूल्य बढाउनुको विकल्प नभएको बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री एवम प्रदेश दुग्ध विकास बोर्डका अध्यक्ष वसुन्धरा हुमागाई बताउनु भयो ।
बोर्ड बैठकले दुधको मुल्यमा कम्तिमा किसानले प्रति लिटर १० रुपैयाँ थप प्राप्त गर्ने गरी मुल्य वृद्धि गर्न संघीय सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अनुरोध गर्ने र आगामी १५ दिन भित्रमा दूधको मुल्य परिमार्जन नभएको खण्डमा पुन बोर्डको बैठक बसी बागमती प्रदेश भित्र दुधको मुल्य परिमार्जन गर्न आवश्यक कदम चाल्ने निर्णय भएको छ ।