शेयर बजारमा निरन्तर ओरालो यात्रा,कारोबार रकम पनि घट्यो

काठमाडौं । शेयर बजार निरन्तर ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार नेप्से दोहोरो अंकले घटेको छ ।  केही साताका देखि निरन्तर ओरालो लागेको शेयर बजारले आज पनि निरन्तरता पाएको छ । 


शेयर बजार निरन्तर ओरालो लागि रहदाँ लगानीकर्ता निराश बन्दै गइरहेको छ । लगानीकर्ता निराश हुदाँ कारोबार समेत खुम्चिरहेको छ । शेयर बजारको अबको दिसा कता भन्ने कुरा नै अन्यौल रहेको छ । मौद्रिक नीतिको प्रतिक्षामा बसेका लगानीकर्तालाई मौद्रिक नीतिले एक साता मात्र साथ दिदा अब लगानीकर्ता आफ्नो लगानी ढुब्ने डरमा रहेका छन् । शेयर बजार किन आरोलो लागेको छ लगानीकर्तालाई किन लगानी गर्ने बातावरण सुरक्षित भएको छैन भन्ने विषय अन्योल नै रहेको पाइएको छ ।

साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० २७।९२ अकंले घटेर २०१०।०१ बिन्दुमा बन्द भएको छ । बिहिबार भने नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० १९।०६ अकंले घटेर २०३७।८३ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैयाँकोे कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको ६२ लाख ९८ हजार ६३८ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ७६ करोड १० लाख २३ हजार ३८ रुपैयाँको कारोबार भएको थियो ।

ओरालो लागेको शेयर बजारमा १३ वटै उपसूचक राताम्य भएका छन् । आइतबार बैंकिङ समूहको ०।६६ प्रतिशत, ब्यापार समूहको २।२६ प्रतिशत, होटल तथा पर्यटन समूहको ०।७८ प्रतिशत, विकास बैंक समूहको १।३१ प्रतिशत, हाइड्रोपावर समूहको १।९१ प्रतिशत, फाइनान्स समूहको २।५८ प्रतिशत, निर्जीवन बीमा समूहको ०।६६ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ३।५८ प्रतिशत, अन्य समूहको १।१३ प्रतिशत, माइक्रोफाइनान्स समूहको १।०९ प्रतिशत, जीवन बीमा समूहको २।४३ प्रतिशत, म्युचुअल फण्ड समूहको ०।८ प्रतिशत र इन्भेष्टमेन्ट समूहको २।२७ प्रतिशतले शेयर मूल्य घटेको हो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय