आइपीओ निष्कासन गर्ने सूचीमा अर्को एउटा कम्पनी थपियो

काठमाडौं - नेपालमा धेरै कम्पनीहरु आइपीओमा आकर्षित भइरहेका छन् यसै । धितोपत्र बोर्डको आइपीओ निष्कासन गर्नेको सूचीमा अहिले पनि २ दर्जन हाराहारी कम्पनीहरु पाइपलाइनमा रहेका छन् । यो सूचीमा अर्को एक कम्पनी पनि थपिएको छ । 

दोल्ती पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि आईपीओ अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो  ।

कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न अनुमति मागेको हो ।

कम्पनीले १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको १६ लाख ९ हजार ४५८ कित्ता शेयर निष्काशन गर्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।

कम्पनीले दैलेखमा ४.५ मेगावाटको पदम खोला स्मल हाइड्रोपावर प्रोजेक्ट सञ्चालन गर्दैछ ।

प्रतिक्रिया