भुकम्पले ज्यान जानेको संख्या ६ पुग्यो

काठमाडौं - गएराति गएको भुकम्पले मानविय क्षति भएको छ । अहिले सम्म भुकम्पले ज्यान जानेको संख्या ६ पुगेको छ । 

मंगलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको हो । 

यस्तै साेही ठाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि घरमा पुरिएर मृत्यु भएको छ । 

प्रतिक्रिया