काठमाण्डौ । मंगलबार शेयर बजार परिसूचक ४६ अङ्कले घटेको छ । योसँगै समग्र बजार २०३० विन्दुमा आएको छ । हिजो पनि बजार ९ अङ्क भन्दा धेरैले घटेको छ ।
नेप्से परिसूचकमा ठुलो अङ्कको गिरावट आए पनि कारोबार रकम भने २ अर्ब ९६ करोडमाथिको कारोबार भएको छ । २२९ कम्पनीको शेयर खरिद बिक्री भएकामा १७ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको शेयर मूल्य घटेको छ ।
आज २ कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ भने सानीमा बैंकको संस्थापन शेयरको सबै भन्दा धेरै कारोबार भएको छ । आज नेप्सेका सबै उपसूचकहरूलाई रातो पोतिएको छ भने बीमा समूह धेरै दबाबमा परेको छ ।