काठमाडौंँ - साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार १२.८९ अंक घटेर २०६५.८२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.६३ अंक घटेर २०६५.१९ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.३१ अंक घटेको छ।
मंगलबार प्रि ओपन सेसनमा ४ स्टकको ६३ हजार ९०३ रुपैयाँ बराबरको २८५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूलय सो सेसनमा स्थिर रहेको छ।