कोरोना ले ज्यान गुमाउनेको संख्या आज एक्कासी बढ्यो,उपत्यकामा जोखिम बढी

काठमाण्डौ - नेपालमा कोरोना संक्रमण फेरि डरलाग्दो अवस्थामा पुगेको छ । 

पछिल्लो २४ घण्टामा देशभर ३९३८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट ३००७ जना र एन्टिजेन परीक्षणबाट ९३१ जनामा संक्रमण पुष्टि भएको हो । 

२४ घण्टामा जम्मा १८ हजार ४०८ नमुना परीक्षण भएको छ । जसमा पीसीआर परीक्षण ११ हजार ८७० र एन्टिजेन परीक्षण ६ हजार ५३८ भएको मन्त्रालयले जानकारी दिएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा २०१२ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट ३७ जनाको मृत्यु भएको छ ।

हालसम्म पिसिआर विधिबाट ७ लाख ८ हजार ९७ जना र एन्टिजेन ६५ हजार ७८१ विधिबाट जनामा कोरोना पुष्टि भएको छ । 

कोरोना मुक्त हुनेको संख्या ६ लाख ६३ हजार ६६३ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ हजार ९९४ पुगेको छ । 

अहिले देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ पुगेको छ ।

प्रतिक्रिया