साताको अन्तिम दिन प्रिओपन सेसनमा ५ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको अन्तिम दिन प्रिओपन सेसनमा नेप्से ५ अंक भन्दा धेरैले बढेर समग्र बजार २८०८ विन्दुमा पुगेको छ । विहिबार नेप्से ३० अंक हाराहारीमा घटेर बजार बन्द भएको थियो । 

आज यो सेसनमा ३१ कम्पनीहरुको  ४८ लाख भन्दा धेरैको कारोबार भएको छ । कारोबार भएका मध्य १९ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ७ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै ५ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । 

नेपाल बंगलादेश बैंकको सबै भन्दा धेरै शेयर खरिद विक्री हुँदा आधा दर्जन कम्पनीहरुको शेयर मूल्य २ प्रतिशत हाराहारीमा बढेको छ भने बंक र वित्त उपसमूहको सूचक घटेको छ । 

प्रतिक्रिया