नेपाली तीर्थयात्री बोकेको बस भारतमा दुर्घटना, ३६ जना घाइते

काठमाडौं– भारतको विहार राज्यस्थित समस्तीपुरको नेशनल हाईवे २८ मा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छ।

ना ७ ख ६४४६ नम्बरको बसमा ४३ जना सवार थिए। दुर्घटनामा ३६ जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्, जसमा ५ जनाको अवस्था गम्भीर छ। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

तीर्थयात्रीहरू सबै बारा जिल्लाका हुन्। तीव्र गतिमा आएको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो।

प्रतिक्रिया