काठमाडौं - नेपालमा प्राथमिक शेयर खाता खोल्नको संख्या आधा करोड माथि पुगेको छ । आइपीओमा निकै चासो रहेको नेपालमा कम्पनीहरु पनि यस तर्फ निकै आकर्षित भएको देख्न सकिन्छ ।
अहिले पनि २७ कम्पनीहरु आइपीओ निष्कासनको पाइप लाइनमा छन् । २७ कम्पनीले ७ अर्ब ३० करोड ६९ लाख २९ हजार ९ सय रुपैयाँ बराबरको आइपीओ निष्कासन अनुमति मागेका छन् । यी सबै कम्पनीको आइपीओलाई बोर्डले अनुमति दिएमा बजारमा कुल ६ करोड ६३ लाख ४९ हजार २८९ कित्ता सेयर बजारमा थपिनेछ । धितोपत्र बोर्डमा आइपीओ निष्कासनका लागि अनुमति माग्नेमा अधिकांश कम्पनीहरु जलविद्युत समूहका रहेका छन् ।
आइपीओ निष्कासनको लागि अनुमति माग्ने २७ कम्पनी मध्ये २० जलविद्युत् कम्पनी रहेका छन् । यसबाहेक ३ लघुवित्त, २ इन्सुरेन्स कम्पनी अरु दुईमा मुक्तिनाथ कृषि कम्पनी र डिस मिडिया नेटवर्क रहेका छन् ।धितोपत्र बोर्डमा आइपीओ अनुमति माग्ने अधिकांश कम्पनीले आफ्नो वार्षिक साधारण सभामार्फत आइपीओ निकाष्सन गर्ने पस्ताव पारित गरिसकेका छन् । प्राथमिक बजारमा आइपीओ जारी भएपछि सेयर कारोबारका लागि नेप्से तथा सीडीएसमा सूचीकरण गर्नुपर्छ । यसर्थ, आइपीओले पुँजी बजारको दायरा थप फराकिलो पार्ने गर्छ ।