तिवारी आमाको मौलिक तीज गीत 'बल्ल पो चाल पाए' (भिडियो सहित)

काठमाडौँ - छाडा गीतहरूको भिडमा यो तीजमा धेरै मौलिक तीज गीतहरू पनि सार्वजनिक भइरहेका छन्। तर, त्यस्ता गीतमा दर्शकको भने त्यति रुचि भएको देखिँदैन।

यसैबीच, तीजको मर्म र भाव बोकेको नयाँ तीज गीत 'बल्ल पो चाल पाए' भर्खर मात्र सार्वजनिक भएको छ। तिवारी आमाको नामले चर्चित लक्ष्मी तिवारीको लय, शब्द तथा आवाज रहेको सो गीतले विरानो माइतीको कथालाई बोलेको छ।

गीतलाई पुरुषोत्तम भण्डारीले निर्देशन गरेका छन् भने भिडियोमा भण्डारी र लक्ष्मी तिवारीसहित अन्य कलाकारहरूलाई देख्न सकिन्छ।

 

प्रतिक्रिया