बुद्धभूमि नेपालको आइपीओमा पहिलो दिनमै ४ लाख भन्दा धेरैको आवेदन

काठमाडौ - बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले असोज ११ गतेदेखि सर्वसाधारणका लागि बिक्रिमा ल्याएको आईपीओमा पहिलो दिनमा नै साढे ४ लाख बढी आवेदकले आवेदन दिएका छन्।

 

बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार सोमबार बेलुका ५ बजेसम्ममा कम्पनीको आइपीओमा ४ लाख ५३ हजार ७७८ जना आवेदकले ५९ लाख ४९ हजार ९४० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्।

कम्पनीले ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ८ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ। 

 

निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

प्रतिक्रिया