ङादी ग्रुप पावरको लाभांश घोषणा,नगद र बोनस कति ?

काठमाडौं - ङादी ग्रुप पावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताब गरेको छ । कम्पनी सञ्चालक समितिको फागुन १ गते बसेको बैठकले लाभांश प्रस्ताब गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँको ४.५७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश प्रस्ताब गरेको हो ।

उक्त लाभांश कम्पनीको आगमी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

कम्पनीले लाभांश पारित गर्न फागुन २५ गते साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले फागुन १० गते बुक क्लोज गर्ने जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय