काठमाडौं । पछिल्लो समय सर्वसाधारणले सत्तालाई चुनौती दिने आवाजहरू अझ कर्कश हुँदै गएका छन्। यही परिवेशमा युवाहरूले देशमा सपना देख्न मनाही रहेको महसुस गर्दैछन्। अनुत्तरु नामक नाटकले यिनै विषयवस्तु उठाउँदै साउन १ गतेदेखि ७ गतेसम्म सद्भाव थिएटरमा नाटक मञ्चन गर्ने भएको छ।
नाटकको मञ्चन सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा हरेक साँझ ५ः३० बजे र अतिरिक्त शो १ः३० बजे हुने हुनेछ। नाटकको लेखन तथा निर्देशन राम के.ए.सीले गरेका छन् भने सह–निर्देशन सुशीलालक्ष्मी महर्जनको रहनेछ।
रंगकर्मी किरण चापागाईंको एकल प्रस्तुति हुने यो नाटकमा वर्तमान समाजका यथार्थ र युवाहरूको निराशालाई देखाइएको निमार्ण युनिटले जनाएको छ ।
नाटकमा आवाजविहिनहरूको आवाजलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ। अनुत्तरु नाटकले देश, जीवन र भविष्यसँगको संघर्षमा फसेका नागरिकहरूलाई चित्रण गर्दै उनीहरूको अनागरिकताको पीडालाई उजागर गर्नेछ।
यस नाटकको टिकट दर रु ३००र– र ५०० रहेको निर्माण पक्षले जानकारी दिएको छ।