काठमाडौं - आज पाँचौँ पटक मेलम्चीको खानेपानी वितरण उद्घाटन भएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले त्यसप्रति व्यङ्ग्य गरेका छन्।
मेलम्चीको पानी कसले पहिला ल्याउने भन्ने होडका कारण यसका जोखिमहरुलाई नजरअन्दाज गरिएको उनको आरोप छ। साथै शाहले मेलम्चीको पानीलाई दुहुनो गाईको रुपमा प्रयोग गरिएको आरोप लगाएका छन्।