नयाँ लगानीकर्तालाई फेरि आयो खुसीको खबर - एकै पटक २ कम्पनीले पाए आइपीओ अनुमति

काठमाडौं -  नेपाल धितोपत्र बोर्ड (सेबोन) मा नयाँ अध्यक्ष आएसँगै पाइपलाइनमा रहेका कम्पनीहरुले धमाधम आइपीओ निष्कासन अनुमति पाउन थालेका छन् । 

बोर्डले थप २ वटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। अनुमती पाउने कम्पनीहरुमा सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेड रहेका छन् । सेबोनले सीवाईसीलाई चैत ९ गते र रिभर फल्सलाई चैत १० गते आईपीओ निष्कासनको अनुमति दिएको हो। 

सेबोनको अनुमतिसँगै सीवाईसीले १०० अंकित दरका कुल ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गर्नेछ। यो कम्पनीको चुक्तापुँजीको ३२.५० प्रतिशतबराबर हुन आउँछ।

सीवाईसीको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।

यसैगरी रिभर फल्सले १०० रुपैयाँ अंकित दरका कुल ३४ लाख ३० हजार कित्ता आईपीओ स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्नेछ। यो आईपीओ चुक्तापुँजीको ४९ प्रतिशतबराबरको हुनेछ। रिभर फल्सको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। 

प्रतिक्रिया