पुर्खे बाको तीज गीत पानी मरुवा भाग ३ पनि उत्कृष्ट - भिडियो सहित

काठमाण्डौ - यो बर्ष सार्वजनिक भएका मौलिक तीज गीतमा सूचिमा पर्ने गीत हो पानी मरुवा भाग ३ । 

यो गीतका भाग १ र २ लाई पनि दर्शकले अत्यन्तै रुचाएका थिए । गीतले समाजको कथालाई टपक्कै टिपेर गीतमा उठाएका कारण पनि सबैले मन पराएका बुझ्न सकिन्छ । पछिल्लो समय नेपालको समाजमा बढ्दै गइरेको समस्यालाई गीतले विषय बनाएको छ । बुढा भएका बा आमालाई छोराहरुले हेला गरेको गीतको मूख्य विषय हो । 

गीतमा खोट लगाउने कुनै ठाँउ छैन । पुरुषोत्तम भण्डारी पुर्खे बा,लक्ष्मी तिवारी,रेनुका भण्ट्टराई,शान्ता परियार,शर्मिया अर्याल र मुस्कान घिमिरेको गीतमा आवाज रहेको छ । गीतलाई पुर्खे बा र गणेश भण्डारीले शब्द सिर्जना गरेका छन भने बुद्ध गौतमको लय सिर्जना रहेको छ । 

गीतको म्युजिक भिडियो समेत भण्डारीलेनै निर्देशन गरेका छन भने गीत सार्वजनिक भएपछि दर्शक स्रोताबाट राम्रो प्रतिक्रिया आइरहेको बताउनु भएको छ ।  

 

प्रतिक्रिया