कमल राज ढकाल रत्ननगर । चितवनको कालिका नगरपालिकामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
नगरपालिकाले आयोजना गरेको दुई दिने सो कार्यक्रममा मेयर विनोद रेग्मी,उपमेयर कमला तामाङ,प्रमुख प्रशासकीय अधिकृत केशबप्रसाद उपाध्याय, वडाध्यक्ष, कार्यपालिका सदस्य, विषयगत समितिका संयोजक, शाखा प्रमुख तथा अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा परामर्श विज्ञ दिलबहादुर बस्नेतले सामाजिक समावेशीकरणको अबस्था,मुल्याङ्कन,सुधार गर्नुपर्ने पक्ष र सकारात्मक पक्षहरुको विषयमा सहजीकरण गरेका थिए । कार्यक्रममा समुहगत रुपमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको विषयमा छलफल गरिएको थियो ।
सो अबसरमा मेयर बिनोद रेग्मीले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका लागि नगरपालिकाले गर्नुपर्ने कुनैपनि काम गर्न नचुक्ने बताए ।