गूल्मीमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गयो,सात घाइते

 काठमाण्डौ । गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन । 

गुल्मीको मुसिकोट ४ मा लु १ ज ४५५९ नम्वरको जीप दुर्घटना हुदा ज्यान चन्द्रकोट गाउँपालिका–४ का तेजेन्द्र थापा र वडा नम्बर ५ हरेवाका रेशम कार्की रहेका छन् ।


मृतक एक महिलाको नाम ठेगाना खुल्न सकेको  छैन । दुर्घटनालगत्तै सेना, प्रहरी र स्थानीय उद्धारमा खटिएको घटनास्थलमै रहेका मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए । दुर्घटनामा परेको जीप सडकबाट करीब ५ सय मिटर तल खसेको छ ।

प्रतिक्रिया