उपाधी जित्न चुक्यो नेपाल

काठमाडाैं - साफ महिला फुटबलको फाइनलमा नेपाल र बंगलादेशसँग पराजित भएको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग ३-१ ले पराजित भएको हो । 

साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो हाफमा दुई गाेल खाएको छ । पहिलो हाफको १३ औं र ४१ औं मिनेटमा बंगलादेशले गोल गरेको थियो । दोस्रो हाफमा भने नेपालले एक गोल फर्काएको थियो ।

खेलको ७० औं मिनेटमा नेपालको एक गोलपछि बंगलादेशको २–१ ले अग्रता थियो । पुन गोल गर्दै बंगलादेशले ३–१ अग्रता लिएको थियो ।

प्रतिक्रिया