न्याय माग्न उच्च अदालत पोखरा पुगे पल शाह

काठमाडौं । नाबालिका करणीको अभियोगमा थुनामा रहेका नायक पल शाह तनहुँको आदेश बदर गर्दै उच्च अदालत पोखरा पुगेका छन ।  

जिल्ला अदालत तनहुँको थुनछेक आदेश त्रुटिपूर्ण रहेको दाबी गर्दै शाहले उच्च अदालतमा निवेदन दर्ता गराएका हुन् । तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा मंगलबार रिट दायर गरेको अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले अन्नपूर्णलाइ जानकारी दिए ।

चैत १० गते जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।  जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । शाहले गत फागुन १५ गते तनहुँ प्रहरीसामु आत्मसमर्पण गरेका थिए ।

विवाहको प्रलोभनमा पारी शाहले आफूलाई पटकपटक जबरजस्ती गरेको भन्दै पीडित किशोरीले गैंडाकोट र तनहुँ प्रहरीमा छुट्टाछुट्टै रिट दायर गरेकी थिइन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय