कमल राज ढकाल/ चितवन - कालिका नगर पालिकामा आज "मानव अधिकार शिक्षा कार्यक्रम"मानव अधिकार समुहको समस्या ,पहिचानको सम्बन्धी कार्यक्रम सम्पन भएको छ। मानव अधिकार शक्तिखोर समुहको संयोजक निर्मला थापाको अध्यक्षतामा कार्यक्राम सम्पन भयको हो।
उत्ता कार्यक्राममा कालिका नगरपालिक ८ को वडाध्याक्ष चित्र बहादुर मगरको प्रमुख आथित्यमा कार्यक्राम रहेको थियो। कालिका नगरमा अति बिपन्न बर्गमा शिक्षा ,स्वस्थ र वातावरण समन्धी समस्यामा मानव अधिकार सबैको सहज पहुच पुराउन कालिकाको१ देखि ११ ओटै वडामा भएको समस्य हरु को बारेमा छलफल भएको थियो। मानव अधिकार को बरेमा समुदायमा रहेको अपाङ्ग , बिपन्न बालिकाहरुलाइ शिक्षा , स्वस्थ्य वातावरणमा पहुच पुराउन स्थानिय तह र प्रदेशबाट सहजीकरण गर्दै टोल टोलमा अभिमुखिकारण कार्यक्रमहरु मार्फत जानकारी गर्नु पर्ने रहेको छ ।
कालिकामा अपाङ्ग मैत्री शैक्षिक सस्था र बिपन्ना समुदायको बालबालिकाहरुलाइ स्टेशनरी,पोशाक सहित बिद्यालयजाने वातावरण निर्माण गर्न स्थानीय तह र प्रदेश बाट सहजीकरण गरि कार्यक्रम गर्नु पर्ने पताउनु भयो ।
सो कार्यक्रममा बागमती प्रदेश फोकल प्रसन बालुका न्यौपाने ले स्वगत मन्तब दिनु भएको थियो । समाजमा भएको गतिविधि शिक्षा ,स्वस्थ ,वातावरण मैत्री कार्यक्रम गरि समाजमा आफ्नो अधिकार आफै खोज्नलाई इन्सेकले सहजीकरण गर्ने बताउनु भयो। कालिका नगरपालिका ८ वडाकार्यलयमा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा कालिका नगरका मानव अधिकार कर्मीहरुको बाक्लो उपस्थिति रेहेको थियो। इन्सेक जिल्ला सहजिकर्ता गायत्री गिरी ले कार्यक्रम सन्चालन गर्नु भयको थियो।