मंगलबार पनि करिव ६ अङ्कले घट्यो नेप्से,कारोबार रकम कति ?

काठमाण्डौ । साताको तेस्रो दिन मंगलबार बजार मापक सूचक नेप्से करिव ६ अंकले घटेर समग्र बजार २८१४ विन्दुमा आएको छ । सोमबार नेप्से करिव शतक हरामारीले घटेको थियो । 

आज दिनैभरि नेप्सेमा हरियाली भए पनि बन्द हुने बेलामा भने सामान्य घटेको हो । नेप्सेसँगै आज कारोबार रकम पनि घटेर ५ अर्ब ४९ करोडमा आएको छ । यो हिजोको तुलनामा करिव २ अर्बले कमि हो । 

आज दिनै भरिमा २२९ कम्पनीहरूको शेयर खरिद बिक्री भएकोमा ६९ कम्पनीहरूको शेयर मूल्य मात्र बढेको छ भने २ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । त्यस्तै १०२ कम्पनीको शेयर मूल्य घटेर कारोबार हुँदा बाँकी कम्पनीहरूको मूल्य भने यथावत रहेको छ । 

एसिएन लाइफ इन्स्योरेन्सको शेयर सबै भन्दा धेरै मूल्यको खरिद बिक्री हुँदा लाइफ इन्स्युरेन्स बाँकी अन्य सम्पूर्ण उपसूचक घटेका छन । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय