सप्तकोशीमा बस दुर्घटना: २० यात्रुको उद्धार, थप खोजी कार्य जारी

विराटनगर: सप्तकोशी नदीमा खसेको बसबाट २० यात्रुको उद्धार गरिएको छ। सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रमुख, एसपी विपिन रेग्मीले उद्धार गरिएका यात्रुहरुलाई उपचारका लागि पठाइएको जानकारी दिए।

विराटनगरबाट उदयपुरको गाईघाट जाँदै गरेको को २ ख ४६०१ नम्बरको बस कोशी ब्यारेजको ३५ नम्बर ढोकाबाट नदीमा खसेको थियो। साँझ ६ बजे, तीव्र गतिमा रहेको बस चिप्लिएर नदीमा खसेको प्रहरीको भनाइ छ।

हालसम्म बसमा कति यात्रु सवार थिए भन्ने यकिन जानकारी आएको छैन। नदीमा खसेको बस निकाल्नका लागि प्रयास जारी रहेको एसपी रेग्मीले बताए।

प्रतिक्रिया