के शेयर बजार बढ्न नदिने गरी चलखेल भएको छ त ?

काठमाडौं - पछिल्लो समय कुनै कारण बिना शेयर बजार घटिरहेको भन्दै शेयर बजार घटाउन र सस्तोमा किन्ने चलखेल भइरहेको आशंका गर्न थालिएको छ । 

शेयर बजार गत हप्ता पनि ठूलो अंकले घटेको थियो । राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षा पछि शेयर धितो कर्जाको निरन्तरताले बजारमा केही असर गरे पनि त्यो बाहेक बजार घट्नु पर्ने कुनै कारण नभएको धेरैको बुझाई छ । 

३२ सय बिन्दुमा पुगेको नेप्से मौद्रिक नितिपछि घटेर २४ सय सम्म पनि झरेको थियो पछि केही सम्हालिदै २८ सय माथि पुगेको थियो । अहिले बजारमा उतारचढाव चलिरहेको छ । बजार घट्ने बढ्ने क्रममा कारोबार रकम भने निकै भएको छ । दैनिक २५ अर्ब सम्मको कारोबार भएको बजारमा अहिले भने ४/५ अर्ब पनि मुस्किलले पुग्ने गरेको छ । 

नेपालमा प्राथमिक शेयर खाता खोल्नेको संख्या ५० लाख हाराहारीमा पुगेको छ भने दैनिक कारोबार गर्नेको संख्या नै ८ लाख माथि रहेको बताइन्छ । तर यति ठूलो क्षेत्र नियमन गर्ने नियामक निकाय भने लामो समयदेखि खाली छ । जसको प्रभाव बजारमा परिरहेको छ । नेप्से र धितोपत्र बोर्डमा नीतिगत काम हुन सकेका छैन । 

बजारमा तरलता अभाव पनि अर्को समस्या हो । तरलता अभावले अर्थतन्त्र डामाडोल भएको हुँदा त्यसको प्रभाव बजारमा पर्नेनै भयो । साथै बैंकहरुले बढाउँदै लगिरहेको ब्याजदर पनि अर्को एक कारण हो । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय