इन्धनको मूल्य १ वर्ष यताकै न्यून

काठमाडौं - रूस र युक्रेन बीचको युद्धका कारण आकाशिएको तेलको मूल्य घट्दै गएको छ ।  

विश्व बजारमा कच्चा तेलको मूल्य २०२२ मा जनवरीपछि पहिलोपटक शुक्रबार प्रति ब्यारेल ८० डलर भन्दा तल कारोबार भएको छ । शुक्रबार दिनभरमा अधिकतम ८३.५४ र न्यूनतम ७८.२० डलरसम्म कारोबार भयो । यो मूल्य अघिल्लो दिनको तुलनामा ५ प्रतिशत र जनवरी पछिको सबैभन्दा न्यून मूल्य हो ।

अमेरिकाका मन्दी आउन सक्ने हल्लासँगै अमेरिकी शेयर बजारमा गिरावट आउँदा कच्चा तेलको मूल्यमा पनि व्यापक गिरावट आएको हो । अन्तर्राष्ट्रिय बजारमा आएको कच्चा तेलको मूल्यमा आएको गिरावटसँगै आइओसीले पनि घटाएरै नयाँ मूल्य सूची पठाउने छ । नेपाल आयल निगमलले यसपटक नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य घटाउँला त । अब आइओसीले अक्टोबर १ मा नयाँ मूल्य सूची नेपाल आयल निगमलाई पठाउनेछ ।रुस युक्रेन युद्धपछि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै गएर १३० डलर प्रति ब्यारेलसम्म पुगेको थियो ।

नेपालले भारतबाट पेट्रोलियम पदार्थको आयात गर्ने गर्दछ । भारतले हरेक १५ दिनमा अन्तर्राष्ट्रिय मूल्य अनुसार तेलको नयाँ मूल्य प ठाउने गर्दछ । पछिल्लो डेढ महिनादेखि भारतले घटेको मूल्य सूची पठाएपछि नेपाल आयल निगमले भने सञ्चित घाटाको हवाला दिँदै मूल्य घटाएको छैन । अहिले नेपालमा पेट्रोलको मूल्य करिब २ महिनादेखि १८१ रुपैयाँ नै कायम छ ।

प्रतिक्रिया