हवाई यात्रा गर्दै हुनुहुन्छ ? यदि हो भने आयो यस्तो नयाँ नियम

काठमाडौं। मोबाइल वालेट, एयरलाइन्सका एप वा साइटबाट बुकिङ गरेपछि टिकट एसएमएस वा इमेल आउँछ। विमानस्थल सुरक्षा जाँचमा  मोबाइलमा नम्बर वा टिकट देखायो, भित्र पस्न सजिलो थियो। टिकटै बोक्नु परोस् न त प्रिन्टकै झमेला। आनन्द मानिरहेकाहरुका लागि खबर राम्रो छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा अब प्रिन्टेड टिकटै देखाउनु पर्ने भएको छ।

ुसुरक्षाका कारणु भन्दै विमानस्थल प्रहरीले डिजिटल टिकटको सुविधामा रोक लगाएको हो। डिजिटल टिकट प्रवेश पाइरहेका हवाई सेवाका यात्रुले अब प्रिन्ट गराएर कागजै बोक्नु पर्नेछ।

विमानस्थलको सुरक्षा मजबुत गराउने उद्देश्यले मंगलबारबाट लागू हुने गरी यात्रुलाई प्रिन्टेड टिकट अनिवार्य गरिएको नेपाल प्रहरीका एसएसपी भीम ढकालले बताए। ढकाल करिब एक महिनाअघि सरुवा भएर विमानस्थलमा आएका हुन्। हवाई सेवा कर्मचारीहरुले भने उनले आफ्नो उपस्थिति देखाउने निहुँमा यात्रुलाई असुविधा हुने नियम लगाउन बल गरेको आरोप लगाएका छन्।

अब जति हतार भए पनि अब यात्रुले प्रिन्ट गराएको टिकट साथमा बोक्नु पर्नेछ। ड्युटीमा खटाइएका प्रहरीले प्रवेशद्वारमा राम्रो काम नगरेको झमेला सुरक्षाको कारण देखाइ यात्रुको टाउकोमा थोपरिएको हो। 

ुडिजिटल टिकटलाई मान्यता नदिने भन्दा पनि टिकट हेर्न सजिलो होस् भनेर यो नियम लागू गरेका हौं,ु एसएसपी ढकालले प्रष्टीकरण दिँदै भने, सेक्युरिटी चेक हुने ठाउँमा यसो फोन देखाएर कुदिहाल्ने देखियो। फोन एकै आकारको हुँदैन। प्रष्ट नबुझिने हुँदा वायुसेवा कम्पनीहरु र प्राधिकरणसँगको छलफलमा यो निर्णय गरिएको हो।ु 

प्रतिक्रिया