एनएलजी इन्सुरेन्सको लाभांश घोषणा,नगद र शेयर कति ?

काठमाडौं - एनएलजी इन्सुरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १०% बोनस सेयर र कर तिर्न ०.५२६३% नगदसहित कुल १०.५२६३% लाभांश दिने निर्णय गरेको होे । 

प्रस्तावित लाभांश नियामक बिमा समिति र आगामी वार्षिक साधारण सभाबाट परित भएपछि वितरण हुनेछ । 

एनएलजीले हाल कायम १ अर्ब २० करोड ६० लाख १३ हजार ५० रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस तथा नगद लाभांश प्रस्ताव गरेको हो । गत वर्ष पनि एनएलजीले १०% बोनस सेयर र ०.५२% नगद लाभांश दिएको थियो ।

प्रतिक्रिया