श्रृजनशील लघुवित्तको आइपिओ छुट्यो कि ? आवेदन दिने आज अन्तिम मौका

काठमाडौंं - भदौ १९ गते आइतबार श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने अन्तिम मौका रहेको छ ।

भदौ १५ गतेदेखि निष्काशन भएको कम्पनीको जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत आईपीओमा आइतबार बैंकिङ्ग समयसम्म आवेदन दिन सकिने भएको हो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यको ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्काशन गरेको हो ।

कुल ३ लाख ९३ हजार ७५० कित्ता शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ३ लाख ६८ हजार ५९० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय